उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा अध्ययनरत MBS / MA (Sociology) First Semester का केही विद्यार्थीहरुलाई क्याम्पसबाट प्रदान गरिने छात्रवृत्तिको लागि सम्बन्धित विद्यार्थीहरुले क्याम्पसबाट तोकिएको दरखास्त फाराम भरी आवेदन दिनका लागि यही मिति २०७५/१२/१० गते आइतबारसम्मको म्याद थप गरिएकोले यो सूचना प्रकाशित गरिएको छ ।
नोटः
१) गाउँपालिका/नगरपालिकाबाट गरीब भएको वा आर्थिक अवस्था कमजोर भएको व्यहोरा खुलाई दिइएको सिफारिस पत्र अनिवार्य पेश गर्नुपर्नेछ । वडा कार्यालयको सिफारिस मान्य हुनेछैन ।
२) छात्रवृत्तिको लागि विद्यार्थीको पढाईको अवस्था, आर्थिक अवस्था, कक्षामा नियमित हाजिरी तथा अनुशासनलाई आधार बनाइनेछ । साथै, छात्रवृत्तिको लागि लिइने अन्तर्वार्तामा अनिवार्य उपस्थित हुनुपर्नेछ ।
३) छात्रवृत्तिमा छनौट हुने विद्यार्थी क्याम्पसमा नियमित हाजिरी नभएमा र आन्तरिक परीक्षामा सहभागी नभएमा छात्रवृत्ति रद्द गरिनेछ ।
४) भर्ना नभएका विद्यार्थीहरुको दरखास्त फाराम उपर कारवाही हुनेछैन ।
५) छात्रवृत्ति दरखास्त फाराम क्याम्पसको परीक्षा/रजिष्ट्रेशन कक्षबाट प्राप्त गर्न सकिनेछ ।
- के.जि. वैदार, क्याम्पस प्रमुख