मिति : २०७४/०४/०५
छात्रवृत्ति प्रदान गर्ने सम्बन्धी सूचना
उपर्युक्त सम्बन्धमा यस क्याम्पसबाट ०७३/०७४ सालको राष्ट्रिय परीक्षा बोर्डबाट लिइएको कक्षा १२ को वार्षिक परीक्षामा सहभागी भएका विद्यार्थीहरूलाई यस क्याम्पसमा स्नातक तह अध्ययनका लागि विद्यार्थी वित्तीय सहयोग कोष विकास समिति, उच्च शिक्षा सुधार परियोजनाबाट वार्षिक रु. १८,०००।– (अठार हजार रुपैँया मात्र) का दरले छात्रवृत्ति प्रदान गरिने भएकोले छात्रवृत्ति प्राप्त गर्न इच्छुक विद्यार्थीले तोकिएको ढाँचा बमोजिमको छात्रवृत्तिको दरखास्त फाराम भरी क्याम्पस प्रशासनमा बुझाउनुहुन अनुरोध छ ।
छात्रवृत्ति कार्यक्रमः
१. तीन वर्षे स्नातक तह : रु. ५४,०००।– प्रदान गरिने
२. चार वर्षे स्नातक तह : रु. ७२,०००।– प्रदान गरिने
सेवा शुल्क : रु. १००।–
फाराम बुझाउने अन्तिम मिति : २०७४ भाद्र २९ गते, बिहीबार
Form Available in https://www.facebook.com/kmc037/photos/pcb.852634344901172/852632708234669/?type=3&theater