उपर्युक्त सम्बन्धमा यस क्याम्पसको कक्षा ११ र १२ का विद्यार्थीहरूले यही मिति २०७४ साल भाद्र २५ गते देखि निम्नानुसारको क्याम्पस पोशाकमा अनिवार्य आउनुहुन सूचित गरिन्छ । साथै, विद्यार्थीहरूले विद्यार्थी परिचय–पत्र झुण्ड्याउनु पर्नेछ । क्याम्पस पोशाकमा नआउने र परिचय–पत्र नल्याउने विद्यार्थीलाई क्याम्पसमा प्रवेश दिइनेछैन ।
आइतबार, सोमबार र मंगलबार: तोकिएको शर्त, पाइन्ट र टाई
बुधबार, बिहीबार र शुक्रबार: तोकिएको टि–शर्त (दशैं बिदा अगाडिसम्म)
स्वीटर / कोट: गाढा निलो रङ्ग
*दशैंपछि जाडोयामभर क्याम्पसमा टि–शर्तमा आउन रोक लगाइएको छ ।
- – के.जी. वैदार, क्याम्पस प्रमुख |