कक्षा ११ को भर्ना सम्बन्धी सूचना

यस क्याम्पसमा शै.व. २०७४/०७५ मा कक्षा ११ को प्रवेश परीक्षा उत्तीर्ण भएका विद्यार्थीहरूको लागि यही मिति २०७४ भदौ १२ गते सोमबारसम्म भर्नाको लागि गर्न म्याद थप गरिएको छ । साथै, मिति २०७४ भदौ ६ गतेदेखि १२ गतेसम्ममा भर्ना हुने विद्यार्थीहरूलाई क्याम्पसबाट प्रदान गरिने छात्रवृत्ति तथा छुटमा निम्न बमोजिम एक महिना कम र मिति २०७४ भदौ १२ गते पछाडि भर्ना हुने विद्यार्थीहरूलाई कुनै पनि छुट नदिने व्यहोरा जानकारी गराइएको छ ।
                                  तपसिल
१. न्यूनतम जी.पी.ए. ३.६ – शिक्षण शुल्कमा ११ महिना छुट
२. न्यूनतम जी.पी.ए. ३.२ – शिक्षण शुल्कमा ०७ महिना छुट
३. न्यूनतम जी.पी.ए. २.८ – शिक्षण शुल्कमा ०४ महिना छुट
४. न्यूनतम जी.पी.ए. २.४ – शिक्षण शुल्कमा ०१ महिना छुट
५. दलित विद्यार्थीहरूलाई थप एक महिना छुट ।

– क्याम्पस प्रमुख