यस क्याम्पसमा पौष ६ गते देखि स्वतन्त्र विद्यार्थी युनियनद्वारा बिना सूचना अनुसन्धान समिति तथा कार्यक्रम संयोजकको कोठामा गरिएको तालाबन्दीको कारणले स्नातकोत्तर तहको Thesis तथा BBS चौथो वर्षको Project Work सम्बन्धी अभिमुखीकरण कार्यक्रम, Proposal Writing, Proposal VIVA सुपरभाइजरको नियुक्ति तथा Final VIVA सम्मका सम्पूर्ण कार्यहरु गर्न यस समिति असमर्थ भएको कुरा सम्बन्धित विद्यार्थीहरुलाई जानकारी गराउँदछौं । यसबाट विद्यार्थीहरुमा पर्न गएको समस्या प्रति अनुसन्धान समिति क्षमाप्रार्थी छ । साथै यस समस्यालाई दृष्टिगत गरी यथासक्य छिटो तालबन्दी खोली अनुसन्धान सम्बन्धी क्रियाकलापहरु समयमै सञ्चालन गर्ने कार्यको प्रत्याभुत गर्नुहुन सम्बन्धित पक्षको अनुसन्धान समिति ध्यानाकर्षण गराउन चाहन्छ ।
– भिम प्रसाद सापकोटा
प्रमुख, अनुसन्धान समिति