उपरोक्त सम्बन्धमा यस क्याम्पसको ३७ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरिने खेलकुद सप्ताह अन्तर्गत संचालन हुने विभिन्न अतिरिक्त त्रियाकलापहरुमा सहभागी हुनका लागि सम्पूर्ण विद्मार्थीहरुमा सूचित गरिन्छ ।
कार्यक्रमहरुः
छात्रः
१. भलिवल
२. टेवल टेनिस (Double/Single)
३. फुटवल (7A Side)
४. बास्केटवल
५. सटपुट
६. म्याराथन
छात्राः
१. ब्याड मिन्टन
२. टेवल टेनिस (Double/Single)
३. चम्चा दौड
४. म्यूजिकल चेयर
५. डोरी तान्ने (Tug of War)
६. म्याराथन
खुल्लाः
१. चेस
२. हाजिरी जवाफ
नोटः
१. नाम दर्ता २०७४/०९/०७ गते सम्ममा अनिवार्य रुपमा गरिसक्नु पर्नेछ ।
२. नाम दर्ता निम्ति निवेदन सहित परिचय पत्र वा भर्ना भएको रसिद अनिवार्य रुपमा पेश गर्नु पर्नेछ ।
३. खेलकुद कार्यक्रमको संचालन २०७४/०९/०९ देखि २०७४/०९/१४ गते सम्म हुनेछ ।
४. प्रत्येक खेलका लागि छुट्टा छुट्टै निवेदन चाहिने छ ।
५. सामूहिक खेलका लागि एक मु्ष्ठ निवेदन चाहिने छ ।
६. भलिवल खेलमा अनिवार्य ८ जनाको नाम सहित कम्तिमा पाँच टिम भएमा मात्र संचालन गरिने छ ।
७. फुटवल, भलिवल, बास्केटवलको लागि कम्तिमा पनि ३ टिमको सहभागिता हुनुपर्नेछ। यदि ३ टिमका मात्रे सहभागिता भएमा प्रथम हुने टिमलाई मात्र पुरस्कृत गरिनेछ, ४ टिमको सहभागिता भएमा प्रथम र द्धितीय तथा ५ वा सो भन्दा बढी भएमा प्रथम, द्धितीय र तेस्रो हुने टिमलाई नै पुरस्कृत गरिनेछ।
८. नाम दर्ताको लागि क्याम्पस प्रशासनमा राजन के.सी [राजु दाई] संग सम्पर्क गर्नुपर्नेछ ।
९. अन्य कार्यक्रमहरु आवश्यकता अनुसार पछि प्रकाशित गरिने छ ।
- स्ववियु परिवार