स्थानान्तरण सम्बन्धी सूचना

यस काभे्र बहुमुखी क्याम्पसमा अध्ययन गर्ने र अध्ययन गर्न चाहने विद्यार्थीको लागि क्याम्पस स्थानान्तरण (College Transfer) को सम्बन्धमा त्रि.वि. को निर्देशन भित्र रही निम्न व्यवस्था गरिएको व्यहोरा सबैको लागि जानकारी गराइएको छ ।

क) यस क्याम्पसबाट अन्य क्याम्पसमा स्थानान्तरण हुने सम्बन्धमाः
१. स्थानान्तरणको कारण र स्थानान्तरण भएर जाने क्याम्पसको विवरण र परीक्षा सकेको मिति खुलाई तोकेको ढाँचामा निवेदन पेश गर्नुपर्नेछ ।
२. निवेदनको साथमा अघिल्लोे वर्ष/सेमेष्टरको वार्षिक/सत्रान्त परीक्षा दिएको परीक्षाको प्रवेश–पत्र अनिवार्य संलग्न गर्नुपर्नेछ ।
३. निवेदनमा लाइब्रेरी र लेखा शाखाबाट ऋभिबचबलअभ गराउनुपर्नेछ ।
४. बार्षिक प्रणाली अन्तर्गत सम्बन्धित अघिल्लो बर्षको परीक्षा सकेकोे मितिदेखि २ महिनाभित्र स्थानान्तरण गरेमा रु. ३,०००।– र उक्त मितिपछिको एक महिना भित्र स्थानान्तरण गरेमा त्यसमा थप रु. १,०००।– स्थानान्तरण शुल्क लाग्नेछ । त्यसपछि स्थानान्तरण गरिने छैन ।
५. सेमेस्टर प्रणाली अन्तर्गत सत्रान्त परीक्षा सकेको १ महिना भित्र स्थानान्तरण गर्न सकिने छ । त्यस पछि गरिने छैन ।
६. BCA र BICTE अध्ययन गर्ने विद्यार्थीहरुका लागि स्थानान्तरण शुल्क रु. ७,५००।– लाग्नेछ ।
७. ःद्यक् र ःब् अध्ययन गर्ने विद्यार्थीहरुका लागि स्थानान्तरण शुल्क रु ४,०००।– लाग्ने छ ।
८. पहिलो र अन्तिम वर्ष÷सत्रान्तका विद्यार्थीलाई स्थानान्तरण गरिने छैन ।
९. परीक्षा आवेदन फाराम खुलेपछि स्थानान्तरण गरिने छैन ।
१०.छात्रा विद्यार्थीको हकमा विवाहको कारणले स्थानान्तरण गर्नुपर्ने भएमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि अनिवार्य पेश गर्नुपर्नेछ ।
११. त्रि.वि. को नियमानुसार मात्र स्थानान्तरण गर्न सकिने छ ।
१२. जुनसुकै अवस्थामा पनि एउटै जिल्ला भित्र स्थानान्तरण गर्न पाउने छैन ।
१३. ४. को म्याद नाघे पछि विशेष अवस्थामा वार्षिक शुल्क, नाम दर्ता शुल्क, कक्षा शुरु भएको मिति देखि स्थानान्तरण गर्ने मिति सम्मको मासिक शुल्क र स्थानान्तरण शुल्क लिई स्थानान्तरणको लागि अनुमति दिन सकिने छ ।

ख) अन्य क्याम्पसबाट यस क्याम्पसमा स्थानान्तरण हुने सम्बन्धमाः
१. ुभर्नाको लागि सहमति पाउँु भनी आफ्नो क्याम्पसको विवरण र स्थानान्तरणको कारण खुलाई निवेदन पेश गर्नुपर्नेछ ।
२. निवेदनको साथमा पछिल्लो वर्ष÷सेमेष्टरको वार्षिक÷सत्रान्त परीक्षा दिएको परीक्षाको प्रवेश–पत्रको प्रतिलिपि अनिवार्य संलग्न गर्नुपर्नेछ ।
३. स्थानान्तरणको सहमतिको लागि रु. ५००।– शुल्क लाग्नेछ ।
४. पहिलो र अन्तिम वर्ष÷सत्रान्तका विद्यार्थीलाई स्थानान्तरणको लागि सहमति प्रदान गरिनेछैन ।
५. परीक्षा आवेदन फाराम खुलेपछि स्थानान्तरण गर्न सहमति प्रदान गरिनेछैन ।
६. छात्रा विद्यार्थीको हकमा विवाहको कारणले स्थानान्तरण गर्नुपर्ने भएमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि अनिवार्य पेश गर्नुपर्नेछ ।

ग) लागू हुनेः
१. यस स्थानान्तरण सम्बन्धी नियम तुरुन्तै लागु हुने छ ।
२. त्रि.वि. को नियम र निर्देशनसँग यस नियम बाझिएमा त्रि.वि. को नियम र निर्देशन लागु हुने छ ।

-के.जी. वैदार
क्याम्पस प्रमुख