MBS / MA (Sociology) First Semester र MBS Third Semester को आन्तरिक परीक्षा सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा स्नातकोत्तर तह MBS / MA (Sociology) First Semester तथा MBS Third Semester को आन्तरिक परीक्षा निम्न परीक्षा तालिका बमोजिम संचालन हुने भएकोले मिति २०७६ असार १५ गते, आइतबार सम्ममा आन्तरिक परीक्षा फाराम भरी क्याम्पस प्रशासनमा बुझाउनुहुन जानकारी गराउँदछु ।

परीक्षा तालिका

परीक्षा समयः बिहान ६ः३० – ९ः३० बजेसम्म
परीक्षा आवेदन शुल्क: रु. २५०।–

विशेष सूचनाः

  • परीक्षाको मुल्याङ्कन नतिजा सम्बन्धित संकायको त्रि.वि. डीन कार्यालय, परीक्षा नियन्त्रण शाखामा पठाइने भएकोले परीक्षामा अनिवार्य सहभागी हुनुपर्नेछ । अन्यथा, मुल्याङ्कन नतिजामा अनुत्तीर्ण जनाइनेछ ।

  • आन्तरिक परीक्षामा सहभागी नहुनेहरुलाई क्याम्पसबाट कुनै प्रकारको छात्रवृत्ति प्रदान गरिने छैन ।
  • आन्तरिक परीक्षामा सहभागी नहुने विद्यार्थीहरुलाई प्रतिविषय रु. ५०।– जरिवाना लाग्नेछ ।
  • छात्रवृत्तिको सूचीमा परेको तर आन्तरिक परीक्षामा सहभागी नहुने विद्यार्थीहरुको छात्रवृत्ति रद्द गरिनेछ ।

– अर्चना हाडा, परीक्षा समिति प्रमुख