MA (Sociology) First Semester-2021 मा भर्ना सम्बन्धी सूचना

यस क्याम्पसबाट MA (Sociology) को त्रि.वि., मानविकी तथा सामाजिकशास्त्र संकाय, डिनको कार्यालयबाट सञ्चालित प्रवेश–परीक्षा दिएका विद्यार्थीहरुको भर्ना कार्यक्रम निम्नानुसार रहेको जानकारी गराइएको छ ।

शुल्क सम्बन्धी विवरणः
-फर्म शुल्क : रु. १००।– (पहिलो सेमेष्टरमा मात्र)
-भर्ना शुल्क : रु. २,५००।– (पहिलो सेमेष्टरमा मात्र)
-प्रति सेमेष्टर शुल्क : रु. २५,५००।–

 

  • पुनः प्रवेश परीक्षा दिएका विद्यार्थीहरुलाई २०७८ मंसिर ७ गते मंगलबारसम्ममा एकमुष्ठ रु. २८,१००।– भुक्तानी गरेमा रु. ५,५००।– छुट हुनेछ र यस सत्रमा कोभिडको कारणले रु. १,०००।– थप छुट गरी जम्मा रु. ६,५००।– छुट गरिनेछ ।
  •  पहिलो प्रवेश परीक्षा दिएका विद्यार्थीहरुलाई २०७८ मंसिर ७ गते मंगलबारसम्ममा एकमुष्ठ रु. २८,१००।– भुक्तानी गरेमा रु. ५,०००।– र यस सत्रमा कोभिडको कारणले रु. १,०००।– गरी जम्मा रु. ६,०००।– छुट गरिनेछ ।
  • किस्ताबन्दीमा भुक्तानी गर्ने भएमा, भर्ना समयमा फर्म शुल्क र भर्ना शुल्क सहित रु. १६,१००।– र प्रि–बोर्ड परीक्षाको फाराम भर्ने समयसम्ममा रु. १२,०००।– गरी भुक्तानी गर्नुपर्नेछ ।
  • फर्म शुल्क र भर्ना शुल्क दोस्रो, तेस्रो र चौंथो सेमेष्टरमा लिइनेछैन ।
  • २०७८ साल मंसिर ७ गते मंगलबारपछि MA First Semester मा भर्ना लिइने छैन ।

-के. जि. वैदार, क्याम्पस प्रमुख