MA (Soc) Third Semester 2019 को परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र संकाय, डीनको कार्यालयद्वारा २०७६ साल भाद्र महिनाको अन्तिम सातादेखि सञ्चालन हुने स्नातकोत्तर तह MA (Soc) Third Semester को नियमित परीक्षाका लागि यस क्याम्पसबाट सहभागी हुने विद्यार्थीहरुले तोकिएको सबै प्रक्रिया पूरा गरी निम्न मितिसम्मा परीक्षा आवेदन फाराम भरी क्याम्पस प्रशासनमा बुझाउनुहुन सूचित गरिन्छ । तोकिएको म्यादभित्र प्राप्त नभएका र प्रक्रिया पूरा नगरेका परीक्षा फारामहरु स्वीकार नगरिने समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ ।

परीक्षा फाराम भर्ने अन्तिम मिति ः २०७६ साउन २४ गते, शुक्रबार
नियमित परीक्षा शुल्क ः रु. २,०००।–
त्रि.वि. सेवा शुल्क ः रु. ५००।–

विशेष सूचनाः–

  • परीक्षा फाराममा प्रथम शत्रको सिम्बोल नं. र त्रि.वि. रजिष्ट्रेशन नं. अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ ।
  • परीक्षा आवेदन फारम भर्नको लागि हालसालै खिचेको (साधारण पोशाकमा) पासपोर्ट साइजको २ प्रति फोटो आवश्यक पर्नेछ ।
  • परीक्षा आवेदन फाराम परीक्षार्थी स्वयम्ले आवश्यक सम्पूर्ण विवरणहरु स्पष्ट रुपमा बुझिने गरी भर्नुपर्नेछ । यसमा अन्यथा भई पछि कुनै समस्या भएमा क्याम्पस जिम्मेवार हुनेछैन ।
  • नियमित विद्यार्थीहरुले बाँकी सम्पूर्ण शिक्षण शुल्क समेत बुझाउनुपर्नेछ ।

– के.जि. वैदार, क्याम्पस प्रमुख