MA First Semester-2022 मा भर्नाको लागि म्याद थप गरिएको सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा MA-2022 समूहमा केही सिटहरु बाँकी रहेको हुँदा MA प्रवेश परीक्षा–२०२२ दिई उत्तीर्ण भएका विद्यार्थीहरुको लागि मिति २०७९ फागुन १९ गते शुक्रबार विहान १०ः०० बजेसम्मको भर्ना गर्ने म्याद थप गरिएको व्यहोरा सूचित गरिन्छ । साथै उक्त मिति भित्र भर्ना भएका विद्यार्थीहरुको नाम मात्र त्रि.वि. स्व.वि.यु. निर्वाचन सम्बन्धी निर्देशिका, २०७९ को दफा ६ को उपदफा (३) अनुसार स्व.वि.यु. निर्वाचनको लागि मतदाता नामावलीमा समावेश गरिने व्यहोरा पनि जानकारी गराइन्छ ।

  • शुल्क सम्बन्धी विवरणः
    • फर्म शुल्क : रु. १००।–
    • भर्ना शुल्क : रु. ३,०००।– (पहिलो सेमेष्टरमा मात्र)
    • प्रति सेमेष्टर शुल्क : रु. २७,०००।–

*२०७९ फागुन १९ गते शुक्रबार विहान १०ः०० बजेसम्ममा एकमुष्ठ रु. ३०,१००।– भुक्तानी गरेमा रु. ५,०००।– छुट हुनेछ ।

* किस्ताबन्दीमा भुक्तानी गर्ने भएमा, २०७९ फागुन १९ गते शुक्रबार विहान १०ः०० बजेसम्म फर्म शुल्क र भर्ना शुल्क सहित रु. २०,१००।– र प्रि–बोर्ड परीक्षाको फाराम भर्ने समयमा रु. १०,०००।– गरी भुक्तानी गर्नुपर्नेछ ।

* फर्म शुल्क र भर्ना शुल्क दोस्रो, तेस्रो र चौंथौ सेमेष्टरमा लिइनेछैन ।

 

-के. जी. वैदार, क्याम्पस प्रमुख