BICTE First Semester-2078 मा भर्ना सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा त्रि.वि., शिक्षाशास्त्र संकाय, डीनको कार्यालयबाट सञ्चालित BICTE-२०७८ को प्रवेश-परीक्षा दिई उत्तीर्ण भएका विद्यार्थीहरुको भर्ना कार्यक्रम निम्नानुसार रहेको जानकारी गराइएको छ ।

  •  शुल्क सम्बन्धी विवरणः
    • भर्ना शुल्क : रु. १०,०००।- (पहिलो सेमेष्टरमा मात्र)
    • प्रति सेमेष्टर शुल्क : रु. ४२,०००।-
  •  प्रवेश परीक्षा दिई उत्तीर्ण भएका विद्यार्थीहरुलाई २०७८ चैत ४ गते शुक्रबारसम्ममा एकमुष्ठ रु. ५२,०००।- भुक्तानी गरेमा रु. ५,०००।- छुट हुनेछ ।
  • प्रवेश परीक्षा दिई उत्तीर्ण भएका विद्यार्थीहरुलाई २०७८ चैत ४ गते शुक्रबारसम्ममा किस्ताबन्दीमा भुक्तानी गर्ने भएमा, भर्ना समयमा रु. ३२,०००।- र प्रि-बोर्ड परीक्षाको फाराम भर्ने समयसम्ममा रु. २०,०००।- गरी भुक्तानी गर्नुपर्नेछ ।
  • भर्ना शुल्क दोस्रो, तेस्रो, चौथौ, पाँचौ, छैठौ, सातौ तथा आठौ सेमेष्टरमा लिइने छैन ।
  • गरिब तथा जेहेन्दार विद्यार्थीको लागि छिट्टै छात्रवृत्ति प्रदान गरिनेछ ।
  • साथै तोकिएको कोटासम्म मात्र भर्ना गर्न सकिने हुँदा अगाडि आउने विद्यार्थीहरुलाई प्राथमिकता दिई भर्ना गरिनेछ ।

-के. जि. वैदार, क्याम्पस प्रमुख