BICTE 5th & 7th Semester को परीक्षा फाराम भर्ने सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय, परीक्षा नियन्त्रण महाशाखाद्वारा सञ्चालन हुने BICTE 5th & 7th Semester को परीक्षाका लागि यस क्याम्पसबाट सहभागी हुने नियमित तथा आंशिक विद्यार्थीहरुले तोकिएको सबै प्रक्रिया पूरा गरी मिति २०७६ भदौ ३ गते मंगलबारसम्ममा परीक्षा आवेदन फाराम भरी क्याम्पस प्रशासनमा बुझाउनुहुन सूचित गरिन्छ । तोकिएको म्यादभित्र प्राप्त नभएका र प्रक्रिया पूरा नगरेका परीक्षा फारामहरु स्वीकार नगरिने समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ ।

परीक्षा फाराम भर्ने
अन्तिम मिति ः २०७६ भदौ ३ गते, मंगलबार
परीक्षा शुल्क ः रु. ३,०००।–
त्रि.वि. सेवा शुल्क ः रू. ४००।– (नियमित विद्यार्थीहरुलाई मात्र)

विशेष सूचनाः
1. परीक्षा फाराममा त्रिवि रजिष्ट्रेशन नम्बर अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ ।
2. प्रथम सेमेष्टर प्रथम पटक दिएको सिम्बोल नं. परीक्षा आवेदन फारामको शीर्षस्थानमा अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ ।
3. परीक्षा फाराम विद्यार्थी स्वयम्ले भरि बुझाउनुपर्नेछ । यसमा अन्यथा हुन गएमा क्याम्पस प्रशासन जवाफदेही हुनेछैन ।
4. परीक्षा आवेदन फाराम भर्न हालसालै खिचेको पासपोर्ट साइजको २ प्रति फोटो आवश्यक पर्नेछ ।
5. नियमित परीक्षार्थीहरुले बाँकी सम्पूर्ण शिक्षण शुल्क अनिवार्य बुझाउनुपर्नेछ ।

के. जि. वैदार, क्याम्पस प्रमुख