BICTE 1st, 6th & 8th Semester को परीक्षा आवेदन फाराम भर्ने म्याद थप सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय, परीक्षा नियन्त्रण महाशाखाद्वारा सञ्चालन हुने BICTE First, Sixth र Eighth Semester को सत्रान्त परीक्षाका लागि यस क्याम्पसबाट सहभागी हुने नियमित तथा आंशिक विद्यार्थीहरुले तोकिएको सबै प्रक्रिया पूरा गरी परीक्षा आवेदन फाराम भरी क्याम्पस प्रशासनमा बुझाउनुहुन मिति २०७७ भदौ ४ गते, बिहिबारसम्मका लागि म्याद थप गरिएको सूचित गरिन्छ । तोकिएको म्यादभित्र प्राप्त नभएका र प्रक्रिया पूरा नगरेका परीक्षा फारामहरु स्वीकार नगरिने समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ ।

परीक्षा फाराम भर्ने
अन्तिम मिति ः २०७७ भदौ ४ गते, बिहिबार
परीक्षा शुल्क ः रु. २,५००।–
परीक्षा सञ्चालन शुल्क ः रु. ५००।–
त्रि.वि. सेवा शुल्क ः रू. ४००।– (नियमित विद्यार्थीहरुलाई मात्र)

विशेष सूचनाः
– परीक्षा फाराममा त्रिवि रजिष्ट्रेशन नम्बर अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ ।
छैठौं र आठौं सेमेष्टरका नियमित र आंशिक परीक्षार्थीहरुले प्रथम सेमेष्टरको सिम्बोल नं. परीक्षा आवेदन फारामको शीर्षस्थानमा अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ ।
– परीक्षा फाराम विद्यार्थी स्वयम्ले भरि बुझाउनुपर्नेछ । यसमा अन्यथा हुन गएमा क्याम्पस प्रशासन जवाफदेही हुनेछैन ।
– परीक्षा आवेदन फाराम भर्न हालसालै खिचेको पासपोर्ट साइजको २ प्रति फोटो आवश्यक पर्नेछ ।
– नियमित परीक्षार्थीहरुले बाँकी सम्पूर्ण शिक्षण शुल्क अनिवार्य बुझाउनुपर्नेछ ।

  • के. जि. वैदार, क्याम्पस प्रमुख
  • BBS (Bachelor in Business Studies) - 4 Years
  • BA (Bachelor in Arts) - 3 Years
  • BICTE (Bachelor in Information & Communication Technology Education) - 9 Semester
  • 10+2 (Management, Humanities & Education)
  • MBS (Master in Business Studies) - 4 Semester
  • MA (Master in Arts) - Sociology - 4 Semester
toggle