BCA First & Third र BICTE First Semester को प्रथम आन्तरिक परीक्षा सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा स्नातक तह BCA First & Third Semester र BICTE First Semester को प्रथम आन्तरिक परीक्षा निम्न परीक्षा तालिका र समय अनुसार सञ्चालन हुने भएकोले मिति २०७६ माघ १० गते, शुक्रबार सम्ममा आन्तरिक परीक्षा फाराम भरी क्याम्पस प्रशासनमा बुझाउनुहुन जानकारी गराउँदछु ।

परीक्षा तालिका
परीक्षा समयः बिहान ७ः०० बजेदेखि ८ः३० बजेसम्म

Date BICTE 1st Semester BCA 1st Semester BCA 3rd Semester
2076 . 10 . 12 Ed 411 – Fund. of Education CACS 101 – Computer Fund. & App. CACS 201 – Data Structures & Algorithms
2076 . 10 . 13 Eng. Ed. 411 – General English CASO 102 – Society & Technology CACS 203 – System Analysis & Design
2076 . 10 . 14 Nep. Ed. 411 – General Nepali CAEN 103 – English I CACS 204 – OOP and Java
2076 . 10 . 15 ICT Ed. 415 – Intro. to IT CACS 105 – Digital Logic CACS 205 – Web Technology
2076 . 10 . 16 ICT Ed. 416 – Programming Concept with C
2076 . 10 . 17 Math Ed. 415 – Fund. of Mathematics CAMT 104 – Mathematics I CAST 202 – Probabilities & Statistics

परीक्षा आवेदन शुल्क: रु. ३००।–

विशेष सूचनाः

  1. परीक्षामा कम्तिमा ६० प्रतिशत सहित प्रथम र दोस्रो हुने १/१ जनालाई क्रमशः रु.३,०००।– र रु.२,०००।– छात्रवृत्ति प्रदान गरिनेछ ।
  2. परीक्षामा सहभागिताका लागि अनिवार्य भर्ना भइसकेको हुनुपर्नेछ ।
  3. आन्तरिक परीक्षामा सहभागी नहुने विद्यार्थीहरुलाई प्रतिविषय रु. १००।– जरिवाना लाग्नेछ ।
  4. आन्तरिक परीक्षामा सहभागी नहुनेहरुलाई क्याम्पसबाट कुनै प्रकारको छात्रवृत्ति प्रदान गरिने छैन ।
  5. छात्रवृत्तिको सूचीमा परेको तर आन्तरिक परीक्षामा सहभागी नहुने विद्यार्थीहरुको छात्रवृत्ति रद्द गरिनेछ ।
  6. आन्तरिक परीक्षाको प्राप्ताङ्क प्रयोगात्मक परीक्षामा जोडिने भएकोले अनिवार्य रुपमा आन्तरिक परीक्षामा सहभागी हुनुपर्नेछ । अन्यथा, अनुपस्थित जनाइनेछ ।
  • परीक्षा समिति प्रमुख