BCA-2077 मा भर्ना सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र संकाय, डीनको कार्यालयबाट मिति २०७७ फागुन २२ गते लिएको BCA (Bachelor in Computer Application) को प्रवेश परीक्षामा उत्तीर्ण भई यस क्याम्पसमा अध्ययन गर्न इच्छुक यस क्याम्पस र अन्य क्याम्पसबाट प्रवेश परीक्षा दिएका विद्यार्थीहरुले यस क्याम्पसमा भर्ना हुनका लागि मिति २०७७ चैत ३ गते मंगलबारसम्ममा “भर्नाको लागि निवेदन” दिनु हुन सम्बन्धित सबैलाई जानकारी गराइएको छ ।

साथै, निवेदन दिने विद्यार्थीहरुको अन्तर्वार्ता मिति २०७७ चैत ४ गते बुधबार,बिहान ७ः३० बजे हुनेछ ।

 

-के.जी. वैदार, क्याम्पस प्रमुख