BCA 1st & 3rd Semester को प्रि–बोर्ड परीक्षा तथा BICTE 6th & 8th Semester को प्रथम आन्तरिक परीक्षाको आवेदन फाराम भर्ने सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा स्नातक तह BCA/BICTE मा अध्ययनरत विद्यार्थीहरुमध्ये BICTE 6th & 8th Semester को प्रथम आन्तरिक परीक्षा तथा BCA 1st & 3rd Semester को  प्रि–बोर्ड परीक्षा निम्न तालिका बमोजिम सञ्चालन हुने भएकोले परीक्षामा सहभागी हुने विद्यार्थीहरुले यही मिति २०७६ फागुन ८ गतेसम्ममा परीक्षा आवेदन फाराम भरी क्याम्पस प्रशासनमा बुझाउनहुन अनुरोध गरिन्छ ।

परीक्षा फाराम भर्ने अन्तिम मितिः २०७६ फागुन ८ गते, बिहिबार
परीक्षा समयः बिहान ७ः०० बजेदेखि १०ः०० बजेसम्म

Date BICTE 6th Semester BICTE 8th Semester BCA 1st Semester BCA 3rd Semester
2076.11.14 Wednesday Ed.461 – Assessment  in Teaching & Learning Ed. 481 – Research in Education CACS 101 – Com. Fund. & App. CACS201 – Data Struct. & Algo.
2076.11.15

Thursday

ICT Ed.465 – Visual Programming ICT Ed. 485 – Technology  in Education CACS 102 – Soc. & Tech. CACS204 – OOP in Java
2076.11.16

Friday

ICT Ed.466 – Computer Graphics ICT Ed. 487 – System Adm. using Linus CAEN103 – English I CACS203 – System Ana. & Des.
2076.11.18

Sunday

Math Ed.465 – Graph Theory Math Ed. 485 – Algebra CAMT104 – Mathematics I CACS202 – Prob. & Stat.
2076.11.19

Monday

ICT Ed.467 – E-learning & ICT Ed. Pedagogy CACS105 – Digital Logic CACS205 – Web Tech.

परीक्षा आवेदन शुल्क : रु. ३००।–

विशेष सूचनाः
– परीक्षामा कम्तिमा ६० प्रतिशत सहित प्रथम र दोस्रो हुने १र१ जनालाई क्रमशः रु.३,०००।– र रु.२,०००।– छात्रवृत्ति प्रदान गरिनेछ ।
– परीक्षामा सहभागिताका लागि अनिवार्य भर्ना भइसकेको हुनुपर्नेछ ।
– आन्तरिक परीक्षामा सहभागी नहुने विद्यार्थीहरुलाई प्रतिविषय रु. १००।– जरिवाना लाग्नेछ ।
– आन्तरिक परीक्षामा सहभागी नहुनेहरुलाई क्याम्पसबाट कुनै प्रकारको छात्रवृत्ति प्रदान गरिने छैन ।
– छात्रवृत्तिको सूचीमा परेको तर आन्तरिक परीक्षामा सहभागी नहुने विद्यार्थीहरुको छात्रवृत्ति रद्द गरिनेछ ।
– आन्तरिक परीक्षाको प्राप्ताङ्क प्रयोगात्मक परीक्षामा जोडिने भएकोले अनिवार्य रुपमा आन्तरिक परीक्षामा सहभागी हुनुपर्नेछ । अन्यथा, अनुपस्थित जनाइनेछ ।
अर्चना हाडा
सहायक क्याम्पस प्रमुख एवं
परीक्षा समिति प्रमुख