BBS 4th Year को वार्षिक परीक्षा फाराम भर्ने सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७७ सालको BBS Fourth Year को वार्षिक परीक्षाका लागि यस क्याम्पसबाट सहभागी हुने नियमित/आंशिक विद्यार्थीहरुले तोकिएको सबै प्रक्रिया पूरा गरी मिति २०७६ पौष ८ गते, मंगलबारसम्ममा परीक्षा आवेदन फाराम भरी क्याम्पस प्रशासनमा बुझाउनुहुन सूचित गरिन्छ । तोकिएको म्यादभित्र प्राप्त नभएका र प्रक्रिया पूरा नगरेका परीक्षा फारामहरु स्वीकार नगरिने समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ ।

परीक्षा फाराम भर्ने
अन्तिम मिति: २०७६ पौष ८ गते, मंगलबार
परीक्षा शुल्क ः रु. ८००।–
त्रिवि सेवा शुल्क ः रु. ४००।– (नियमित विद्यार्थीहरुको लागि मात्र)
प्रोजेक्ट वर्क शुल्क ः रु. ३,०००।–  (परीक्षा फारामसँग रु.१,०००।–, Proposal बुझाउँदा रु.१,०००।– र रु.१,०००।– VIVA अगाडिसम्म)

विशेष सूचना:
१. नियमित परीक्षार्थीहरूले प्रथम खण्ड प्रथम पटक परीक्षा दिएको सिम्बोल नं. र परीक्षा वर्ष परीक्षा आवेदन फारामको शीर्षास्थानमा अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ । साथै, तेस्रो वर्षको परीक्षा दिएको सिम्बोल नं. परीक्षा फारामको निर्दिष्ट स्थानमा अनिवार्य उल्लेख गर्नुपर्नेछ ।
२. आंशिक परीक्षार्थीहरूले प्रथम खण्ड प्रथम पटक परीक्षा दिएको सिम्बोल नं. र परीक्षा वर्ष तथा अघिल्लो वर्ष परीक्षा दिएको सिम्बोल नं. परीक्षा फारामको निर्दिष्ट स्थानमा उल्लेख गर्नुपर्नेछ ।
३. परीक्षा फाराममा त्रि.वि. रजिष्ट्रेशन नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ ।
४. परीक्षा आवेदन फाराम परीक्षार्थी स्वयम्ले आवश्यक सम्पूर्ण विवरणहरु स्पष्ट रुपमा बुझिने गरी भर्नुपर्नेछ । यसमा अन्यथा भई पछि कुनै समस्या भएमा क्याम्पस प्रशासन जिम्मेवार हुनेछैन ।
५. परीक्षा आवेदन फाराम भर्न हालसालै खिचेको पासपोर्ट साइजको २ प्र्रति फोटो आवश्यक पर्नेछ ।
६. नियमित विद्यार्थीहरुले बाँकी सम्पूर्ण शिक्षण शुल्क समेत बुझाउनुपर्नेछ
– के.जी. वैदार, क्याम्पस प्रमुख