स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फारामको भुक्तानी सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयबाट सञ्चालन हुने स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षामा यस क्याम्पसबाट सहभागी हुन परीक्षा आवेदन फाराम भर्नुहुने सम्पूर्ण परीक्षार्थीहरुले यस क्याम्पसको नाममा रहेको बैंक खातामा यहि मिति २०७८ जेठ ३० गतेभित्र अनिवार्य रकम जम्मा गर्नुपर्नेछ ।
रकम जम्मा गरेको भौचर प्रमाणितका लागि मिति २०७८ जेठ ३० गतेभित्र यस क्याम्पसको इमेल ठेगाना kmcbanepa@gmail.com मा विद्यार्थीको नाम, तह र सम्पर्क नम्बर सहित अनिवार्य पठाउनुपर्नेछ । समयमा रकम जम्मा नभएको परीक्षा आवेदन फाराम माथि कुनै कारवाही नगरिने व्यहोरा जानकारी गराउँदछु ।
पुनश्चः परीक्षा आवेदन फाराम रुजु भएको / नभएको सम्बन्धमा विद्यार्थीलाई SMS मार्फत जानकारी दिइनेछ ।

  • के.जी. वैदार (क्याम्पस प्रमुख)