अनिवार्य भर्ना सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा हाल कोभिड–१९ को महामारीको कारण यस क्याम्पसले स्नातक तह प्रथम वर्ष / सेमेष्टर (BBS / BA First Year & BICTE 1st Semester) को सञ्चालन गर्दै आएको अनलाईन कक्षामा सहभागी हुनका लागि भर्ना हुन बाँकी विद्यार्थीले अनिवार्य भर्ना शुल्क यस क्याम्पसको नाममा रहेको बैंक खातामा जम्मा गरी उक्त रकम जम्मा गरेको भौचर क्याम्पसको इमेल ठेगानामा kmcbanepa@gmail.com मा पठाउनुपर्नेछ ।
साथै, भर्नाका लागि विद्यार्थीले आफ्नो अघिल्लो तहको सम्पूर्ण शैक्षिक प्रमाणपत्रहरु समेत अनिवार्य यस क्याम्पसको इमेल ठेगानामा पठाउनुपर्नेछ ।
भर्ना सम्बन्धी थप जानकारीको लागिः ९८०३७५९८२८ (रश्मी मानन्धर)

  • के.जी. वैदार (क्याम्पस प्रमुख)