BBS / BA First Year को अनलाईन मार्फत परीक्षा आवेदन फाराम भर्ने म्याद थप सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा त्रि.वि., परीक्षा नियन्त्रण कार्यालयको मिति २०७८/०२/१४ गतेको सूचना अनुसार २०७८ सालमा सञ्चालन हुने बी.बी.एस./बी.ए. प्रथम वर्षको वार्षिक परीक्षामा यस क्याम्पसबाट सहभागी हुने नियमित / आंशिक विद्यार्थीहरु तथा तीन वर्षे स्नातक तहमा समयसिमा नाघेका विद्यार्थीहरुको हकमा एकपटकको लागि मौका परीक्षाको परीक्षा आवेदन फाराम तोकिएको वेबसाइटमा गई अनलाईन मार्फत बुझाउन मिति २०७८ जेठ ३० गतेसम्म म्याद थप गरिएको व्यहोरा जानकारी गराउँदछु ।

नियमित / आंशिक परीक्षा शुल्क ः रु. ८००।–
मौका परीक्षा शुल्क ः रु. १,३००।–
त्रि.वि. सेवा शुल्क ः रु. ४००।– (नियमित परीक्षार्थीहरुका लागि मात्र)
प्रयोगात्मक शुल्क ः रु. ८००।– (एक भन्दा बढी प्रयोगात्मक विषय भएमा प्रति विषय रु. २५०।– थप लाग्नेछ ।)

विशेष सूचना
१. परीक्षा आवेदन फाराम मिति २०७८ जेठ ३० गतेभित्र विद्यार्थी स्वयम्ले www.tuexam.edu.np मा गई फाराम भर्नुपर्नेछ ।
२. शै.व. २०७६/७७ सालसम्ममा भर्ना भएका (नियमित/आंशिक/मौका) विद्यार्थीहरुले मात्र परीक्षा आवेदन फाराम भर्न पाइनेछ ।
३. नियमित परीक्षार्थीहरुले बाकी सम्पूर्ण शिक्षण शुल्क अनिवार्य यस क्याम्पसको नाममा रहेको बैंक खातामा जम्मा गर्नुपर्नेछ ।
४. शिक्षण / परीक्षा शुल्क यस क्याम्पसको नाममा रहेको निम्नानुसार बैंक खाताहरु मध्ये कुनै एकमा जम्मा गरी जम्मा गरेको भौचर यस क्याम्पसको ईमेल kmcbanepa@gmail.com मा विद्यार्थीको नाम, तह र सम्पर्क नं. समेत लेखी पठाउनुपर्नेछ ।

क) NMB Bank, Banepa Branch, खाता नं. 0030016629300011
ख) राष्ट्रिय वाणिज्य बैंक, बनेपा शाखा, खाता नं. 181000002701
ग) Everest Bank, Banepa Branch, खाता नं. 06700105200013

५. परीक्षा फाराम भर्दा पासपोर्ट साइजको फोटो (Plain Background) अपलोड गर्नुपर्नेछ ।
६. तोकिएको म्यादभित्र अनलाईन इन्ट्री नभएका र प्रक्रिया पुरा नगरेका परीक्षा फारामहरु रुजु गरिनेछैनफाराम रुजु भए/ नभएको जानकारी परीक्षा फाराम भर्दा इन्ट्री गरिएको सम्पर्क नम्बरमा SMSमार्फत जानकारी गराइनेछ ।

शिक्षण शुल्क, त्रि.वि. दर्ता नं. र अनलाईन परीक्षा आवेदन फाराम सम्बन्धी
विस्तृत जानकारीका लागिः

१. रश्मी मानन्धर (9803759828)

२. रविन मानन्धर (9851091550)

३. उद्दव श्रेष्ठ (9841444909)

४. समिर कारंजित (9849576105)

  • के.जी. वैदार (क्याम्पस प्रमुख)