स्नातक तह (BBS / BA / BICTE) प्रथम वर्ष 2076 को परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७६ सालमा सञ्चालन हुने ३ वर्षे / ४ वर्षे स्नातक तह प्रथम वर्ष (3 Years BBS, BA, BICTE and 4 Years BBS) को वार्षिक परीक्षाका लागि यस क्याम्पसबाट सहभागी हुने नियमित तथा आंशिक परीक्षाका विद्यार्थीहरुले तोकिएको सबै प्रक्रिया पूरा गरी तोकिएको मितिभित्र परीक्षा आवेदन फाराम भरी क्याम्पस प्रशासनमा बुझाउनुहुन सूचित गरिन्छ । म्यादभित्र प्राप्त नभएका र प्रक्रिया पूरा नगरेका परीक्षा फारामहरु स्वीकार नगरिने समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ ।

परीक्षा फाराम भर्ने अन्तिम मिति: २०७६ असार ३० गते, सोमबार 
परीक्षा शुल्क: रु. ८००।–
त्रिवि सेवा शुल्क: रु. ४००।– (नियमित विद्यार्थीहरुको लागि, त्रिविमा बुझाउनुपर्ने)
प्रयोगात्मक शुल्क: रु. ८००।– (एक भन्दा बढी प्रयोगात्मक विषय भएमा प्रतिविषय थप रु. २५०।–)
(रु. ८००।– . रु. २७५।– त्रि.वि.मा बुझाउनुपर्ने + रु. ५२५।– मिति २०७४/०२/०९ गते गोरखापत्रमा प्रकाशित नियम १६ ख अनुसार आन्तरिक र बाह्य सुपरीवेक्षणलाई दिनुपर्ने दैनिक, भ्रमण र वास खर्चको लागि दिनुपर्ने)
विशेष सूचना:

  • तीनवर्षे स्नातक तह तर्फ २०७० सालमा प्रथम वर्ष पहिलो पटक परीक्षा दिएका विद्यार्थीहरूका लागि अन्तिम पटकको परीक्षा हुनेछ ।
  • आंशिक परीक्षार्थीहरुले गत वर्षको परीक्षा सिम्बोल नं. र परीक्षा वर्ष परीक्षा फारामको शीर्षास्थानमा अनिवार्य उल्लेख गर्नुपर्नेछ ।
  • परीक्षा फाराममा त्रिवि रजिष्ट्रेशन नं. अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ ।
  • परीक्षा आवेदन फारम भर्नको लागि हालसालै खिचेको (साधारण पोशाकमा) पासपोर्ट साइजको २ प्रति फोटो आवश्यक पर्नेछ ।
  • परीक्षा आवेदन फाराम परीक्षार्थी स्वयम्ले आवश्यक सम्पूर्ण विवरणहरु स्पष्ट रुपमा बुझिने गरी भर्नुपर्नेछ । यसमा अन्यथा भई पछि कुनै समस्या भएमा क्याम्पस जिम्मेवार हुनेछैन ।
  • नियमित विद्यार्थीहरुले बाँकी सम्पूर्ण शिक्षण शुल्क समेत बुझाउनुपर्नेछ ।

– के.जि. वैदार, क्याम्पस प्रमुख