स्नातकोत्तर तह (MBS / MA) दोस्रो वर्षको परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७६ सालमा सञ्चालन हुने स्नातकोत्तर तह (MBS / MA Sociology) दोस्रो वर्षको वार्षिक परीक्षाको लागि तोकिएको सबै प्रक्रिया पूरा गरी मिति २०७६ असोज ३० गते, बिहिबारसम्ममा परीक्षा आवेदन फाराम भरी क्याम्पस प्रशासनमा बुझाउनुहुन सूचित गरिन्छ । तोकिएको म्यादभित्र प्राप्त नभएका र प्रक्रिया पूरा नगरेका परीक्षा फारामहरु स्वीकार नगरिने समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ ।

परीक्षा फाराम भर्ने अन्तिम मिति: २०७६ असोज ३० गते, बिहिबार
परीक्षा शुल्क: रु. १,०००।–
मौका परीक्षा शुल्क: रु. १,८००।–

विशेष सूचना:

  1. २०६३ सालदेखि २०७० सालसम्म पहिलो पटक स्नातकोत्तर तह प्रथम वर्षको परीक्षा दिएका तर ६ वर्षको अवधि नाघी उत्तीर्ण गर्न नसकेका विद्यार्थीहरुका लागि अन्तिम पटकको मौका परीक्षा हुनेछ ।
  2. २०७१ सालमा स्नातकोत्तर तह प्रथम वर्ष प्रथम पटक परीक्षा दिएका विद्यार्थीहरुका लागि यो अन्तिम परीक्षा हुनेछ ।
  3. परीक्षा आवेदन फाराममा त्रि.वि. रजिष्ट्रेशन नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ ।
  4. परीक्षा आवेदन फाराममा प्रथम वर्षको पहिलो पटक परीक्षा दिएको सिम्बोल नं. र परीक्षा वर्ष अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ । साथै, यसभन्दा अघि परीक्षा दिएको सिम्बोल नं. र परीक्षा वर्ष परीक्षा फारामको निर्दिष्ट स्थानमा अनिवार्य उल्लेख गर्नुपर्नेछ ।
  5. परीक्षा फाराम विद्यार्थी स्वयम्ले भरी बुझाउनुपर्नेछ । यसमा अन्यथा भएमा क्याम्पस प्रशासन जवाफदेही हुनेछैन ।
  6. परीक्षा आवेदन फाराम भर्नको लागि हालसालै खिचेको पासपोर्ट साइजको २ प्रति फोटो आवश्यक पर्नेछ ।
  • के.जि. वैदार, क्याम्पस प्रमुख