स्नातकोत्तर तह (MBS/MA) का विद्यार्थीहरुका लागि छात्रवृत्ति आवेदन फाराम भर्ने सम्बन्धी सूचना

 

यस क्याम्पसमा यस क्याम्पसमा स्नातकोत्तर तह (MBS/MA Sociology) प्रथम र तेस्रो सेमेष्टरमा अध्ययन गरिरहेका केही विद्यार्थीहरुलाई क्याम्पसबाट यस शै.व. २०७७/७८ का लागि छात्रवृत्ति प्रदान गरिने भएकोले क्याम्पसबाट तोकिएको छात्रवृत्ति दरखास्त फाराम भरी मिति २०७७ असोज १५ गते, बिहिबारसम्ममा क्याम्पस प्रशासनमा बुझाउन हुन जानकारी गराइन्छ ।

पुनश्चः
छात्रवृत्तिका लागि विद्यार्थीको पढाईको अवस्था, आर्थिक अवस्था, कक्षामा नियमित हाजिरी तथा अनुशासनलाई आधार बनाइनेछ । साथै, छात्रवृत्तिको लागि अन्तर्वार्तामा अनिवार्य उपस्थित हुनुपर्नेछ ।
– छात्रवृत्तिमा छनौट हुने विद्यार्थी क्याम्पसमा नियमित हाजिरी र आन्तरिक/बाह्य परीक्षामा सहभागि नभएमा छात्रवृत्ति रद्द गरिनेछ । साथै, दोहोरो छात्रवृत्ति प्रदान गरिनेछैन ।
– भर्ना नभएका विद्यार्थीहरुको दरखास्त फाराम उपर कुनै कारवाही हुनेछैन ।
– छात्रवृत्ति दरखास्त फाराम क्याम्पस प्रशासनबाट वा क्याम्पसको वेबसाइट www.kavrecampus.edu.np/download बाट download गर्न सकिनेछ ।
–  छात्रवृत्ति दरखास्त फाराम भरी kmcbanepa@gmail.com अथवा क्याम्पसको फेसबुक पेज www.facebook.com/kabhre037 मा पठाउन सकिनेछ ।

-के.जि. वैदार, क्याम्पस प्रमुख