स्नातकोत्तर तह दोस्रो वर्षका परीक्षार्थीहरूको परीक्षा केन्द्र सम्बन्धी सूचना

 

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६ साल माघ ७ गते देखि सञ्चालन हुने मानविकी, व्यवस्थापन, (MBS & MPA) र शिक्षाशास्त्र सङ्कायतर्फका स्नातकोत्तर तह दोस्रो वर्षको आंशिक तथा प्राईभेट (पूरा तथा आंशिक) मौका समेतका परीक्षा दिने परीक्षार्थीहरूको परीक्षा केन्द्र निम्नानुसार निर्धारण गरिएकोले सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरीएको छ । – Tribhuvan University
यस काभ्रे बहुमुखी क्याम्पस, बनेपाको परीक्षा केन्द्र भक्तपुर बहुमुखी क्याम्पस, भक्तपुर निर्धारण गरिएको त्रि.वि.ले जनाएको छ ।
परीक्षा समय : ११.०० बजेदेखि दिउसो ३.०० बजेसम्म ।