स्नातकोत्तर तहमा भर्ना सम्बन्धी सूचना

यस क्याम्पसबाट MBS/MA प्रवेश परीक्षा २०२० को परीक्षा दिएका विद्यार्थीहरुमा शत प्रतिशत उत्तीर्ण हुन सफल हुनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु । साथै MBS/MA को भर्ना कार्यक्रम निम्नानुसार रहेको जानकारी गराउँदछु ।
कक्षा सञ्चालन : २०७६ फाल्गुण ०२ गते, शुक्रबारदेखि
फर्म शुल्क : रु. १००।–
भर्र्ना शुल्क : रु. २,५००।–
प्रति सेमेष्टर शुल्क : रु. २३,०००।–
फाल्गुण ०९ गतेसम्ममा भर्ना भएमा भर्ना शुल्कमा रु. १५००।– छुट हुनेछ ।
– फाल्गुण ०९ गतेसम्ममा सेमेष्टर शुल्क एकमुष्ठ भुक्तानी गरेमा रु. ५,०००।– छुट हुनेछ ।
– सेमेष्टर शुल्क किस्ताबन्दीमा भुक्तानी गर्ने भएमा, भर्ना समयमा रु. १२,०००।– र प्रि–बोर्ड परीक्षाको फाराम भर्ने समयमा रु. १०,५००।– गरी भुक्तानी गर्नुपर्नेछ । जसमा, रु. ५००।– छुट हुनेछ ।