स्नातकोत्तर तहमा भर्ना समय थप सम्बन्धी सूचना

यस क्याम्पसमा MA तथा MBS मा अध्ययनरत केही विद्यार्थीहरु भर्ना हुन बाँकी रहेको हुदाँ विद्यार्थीहरुको अनुरोधलाई मध्यनजर गर्दै भर्ना हुने समय २०७६ साल फाल्गुण  २३ गते शुक्रबारसम्मलाई थप गरिएको व्यहोरा जानकारी गराइन्छ ।
फर्म शुल्क : रु. १००।–
भर्र्ना शुल्क : रु. २,५००।–
प्रति सेमेष्टर शुल्क : रु. २३,०००।–
– फाल्गुण २३ गतेसम्ममा भर्ना भएमा भर्ना शुल्कमा रु. १,५००।– छुट हुनेछ ।
– फाल्गुण २३ गतेसम्ममा सेमेष्टर शुल्क एकमुष्ठ भुक्तानी गरेमा रु. ५,०००।– छुट हुनेछ ।
– सेमेष्टर शुल्क किस्ताबन्दीमा भुक्तानी गर्ने भएमा, भर्ना समयमा रु. १२,०००।– र प्रि–बोर्ड परीक्षाको फाराम भर्ने समयमा रु. १०,५००।– गरी भुक्तानी गर्नुपर्नेछ । जसमा, रु. ५००।– छुट हुनेछ ।
-अर्चना हाडा, सहायक क्याम्पस प्रमुख