सूचना

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण नेपालमा समेत बढ्दै गएकोले सम्भावित जोखिम नियन्त्रणका लागि विशेष सचेतना अपनाई पूर्व तयारी गर्दै कार्यसञ्चालन गर्ने सम्बन्धमा त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाको सूचना अनुसार यस काभ्रे बहुमुखी क्याम्पसमा निम्नानुसार कार्यालय सञ्चालन तथा पठनपाठन कार्य हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

क) कार्यालय सञ्चालन सम्बन्धमा

१. क्याम्पसमा आउने शिक्षक/कर्मचारी/विद्यार्थी एवं अन्य सेवाग्राहीहरुले अनिवार्य रुपमा स्वास्थ्य–सुरक्षाको मापदण्ड पालना गर्नुपर्नेछ । साथै खोपकार्ड लिएर क्याम्पसमा आउन जानकारी गराइन्छ ।

२. यस अवधिमा क्याम्पस प्रशासन विहान ७ः३० बजेदेखि १०ः३० बजेसम्म खुला रहनेछ ।

३. कुनै पनि शिक्षक तथा कर्मचारीलाई संक्रमण भएमा सात दिन विदा दिने र अस्पताल भर्ना गर्नुपर्ने भएमा अस्पताल बसेको अवधिसम्म विदा दिइनेछ ।

४. कार्यालयको काम नरोकीने गरी अनलाइनको माध्यमबाट घरबाट सेवा दिन सम्भव हुने कामहरु भएमा कर्मचारीले घरबाटै सेवा उपलब्ध गराउनेछ ।

ख) पठनपाठन सम्बन्धमा

१. भौतिक रुपमा कक्षा सञ्चालन हुन नसकेको अवस्थामा सबै तहका कक्षाहरु अनलाइन मार्फत MS Teams बाट सञ्चालन गरिनेछ ।

२. अनलाइन कक्षा व्यवस्थापनका लागि सहायक क्याम्पस प्रमुख अर्चना हाडाको संयोजकत्वमा निम्नानुसारको अनलाइन कक्षा व्यवस्थापन समिति गठन गरिएको छ ।
क) अर्चना हाडा : सहायक क्याम्पस प्रमुख संयोजक
ख) मंगलभक्त श्रेष्ठ : एम. वि. एस कार्यक्रम प्रमुख सदस्य
ग) श्रीराम श्रेष्ठ : वि.वि.एस./वि.ए. कार्यक्रम प्रमुख सदस्य
घ) जगदीप पलाञ्चोके : आइटी तथा संचार विषय समिति प्रमुख सदस्य
ङ) हरिकृष्ण बखु्न्छे : एम. ए. कार्यक्रम प्रमुख सदस्य
च) सुवर्ण श्रेष्ठ : EMIS प्रमुख सदस्य
छ) रविन मानन्धर : कम्युटर अपरेटर सदस्य
ज) उद्धव श्रेष्ठ : कम्प्युटर ल्याब असिस्टेन्ट सदस्य
झ) समिर कारंजित : साइन्स ल्याब असिस्टेन्ट सदस्य

३. अनलाइनबाट कक्षा लिनुहुने शिक्षकहरुले प्रत्येक दिनको अनलाइन कक्षाको link अनलाइन कक्षा व्यवस्थापन समितिका संयोजकलाई पठाउनु पर्नेछ । साथै अनलाइन कक्षाको विवरण प्रत्येक हप्ता कार्यक्रम/विषय समिति प्रमुखलाई बुझाउनुर्पेछ ।

४. अनलाइनबाट कक्षा लिने शिक्षकहरुको हाजिरी रेकर्ड अनलाइनबाट अद्यावधिक गरिनेछ । उक्त अवधिमा क्याम्पसमा उपस्थित हुनुपर्ने छैन ।

५. भौतिक उपस्थितिमा नै हुनुपर्ने प्रयोगात्मक कक्षाहरु स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई भौतिक उपस्थितिमा सञ्चालन गरिनेछ ।

६. विद्यार्थीहरुको हाजिरी अनलाइनबाट नै अद्यावधिक गरिनेछ ।

७. विद्यार्थीहरुको आन्तरिक मूल्यांकन अनलाइनको माध्यमबाट गरिनेछ ।

८. MS Teams बाट कक्षा सञ्चालन गर्नको लागि MS Teams को ID तथा Password प्राप्त गर्न बाँकी विद्यार्थी तथा शिक्षकहरुले निम्न कर्मचारीहरुसंग सम्पर्क गरी ID/Password लिनुहुन जानकारी गराउँदछु ।

क) रविन मानन्धर – ९८५१०९१५५०
ख) उद्धव श्रेष्ठ – ९८४१४४४९०९
ग) समिर कारंजित – ९८४९५७६१०५

९. शिक्षकले तोकिएको कक्षा सञ्चालन तालिका (रुटिन) बमोजिम कक्षा लिनुपर्नेछ ।

१०. अनलाइन कक्षा सञ्चालनमा कुनै समस्या भएमा सम्बन्धित शिक्षक तथा विद्यार्थीले तुरुन्तै अनलाइन कक्षा सञ्चालन व्यवस्थापन समिति वा क्याम्पस प्रशासनलाई खबर गर्नुपर्ने छ ।

-के. जि. वैदार, क्याम्पस प्रमुख