भित्ते पत्रिका (Wall Magazine) का लागि लेख/रचना उपलब्ध गराउने सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसको प्रकाशन समितिले भित्ते पत्रिका (Wall Magazine) प्रकाशन गर्न गइरहेकोले निम्नानुसारको मापदण्डमा रही आ–आफ्ना लेख रचनाहरु उपलब्ध गराउन सम्पूर्ण विद्यार्थीहरुलाई सूचित गरिन्छ ।
 लेख/रचना अंग्रजी, नेपाली, नेपालभाषा वा तामाङ भाषामा लेख्न सकिने छ ।
 आफ्नो लेख/रचना type गरी Soft Copy बुझाउनुपर्नेछ ।
 कविता, गजल, निवन्ध, संस्मरण, कृति समिक्षा वा टिप्पणी जस्ता सामाग्री हुनुपर्ने छ ।
 विद्यार्थीका उत्कृष्ट लेख/रचनालाई प्रोत्साहन स्वरुप पुरस्कारको व्यवस्था गरिने छ ।
 भित्ते पत्रिकाको प्रत्येक अंकमा कम्तीमा एउटा लेख/रचना शिक्षक–कर्मचारीहरुको तर्फबाट समाबेश गरिनेछ ।
 भित्ते पत्रिकामा प्रकाशित लेख रचनालाई समावेश गरी वार्षिक रुपमा साहित्य संगालो प्रकाशन गरिनेछ ।
 लेख/रचना प्रकाशित गर्ने वा नगर्ने अधिकार प्रकाशन समितिमा रहने छ ।
 लेख/रचना बुझाउने अन्तिम मिति ः २०७६ साल भाद्र २६ गते विहिबार
सम्पर्क व्यक्तिहरु ः
उप प्रा. शारदा प्रसाद शर्मा
उप प्रा. भुपाल देवान

-संयोजक,प्रकाशन समिति