दशैं विदा सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा मिति २०७९ असोज १० गते सोमबारदेखि २३ गते आइतबारसम्म नेपालीहरुको महान चाड वडादशैं (मोहनी) भएकोले उक्त दिनहरुमा क्याम्पस विदा हुने जानकारी गराउँदै सम्पूर्ण शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थी र शुभचिन्तकहरुको सु–स्वास्थ्यको लागि वडादशैं (मोहनी) को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

-के. जी. वैदार, क्याम्पस प्रमुख