छात्रवृत्ति फाराम भर्ने सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा कक्षा ११ मा भर्ना भई अध्ययनरत केही विद्यार्थीहरुलाई क्याम्पसबाट यस शै.व. २०७६/०७७ को लागि छात्रवृत्ति प्रदान गरिने भएकोले क्याम्पसबाट तोकिएको छात्रवृत्ति दरखास्त फाराम भरी मिति २०७६/०६/०९ गते, बिहिबारसम्म क्याम्पस प्रशासनमा बुझाउन हुन यो सूचना प्रकाशित गरिएको छ ।

पुनश्चः

१) SEE परीक्षा दिएको विद्यालयको प्रधानाध्यापकबाट गरीब भएको वा आर्थिक अवस्था कमजोर भएको व्यहोरा खुलाईएको सिफारिस पत्र अनिवार्य पेश गर्नुपर्नेछ ।

२) छात्रवृत्तिको लागि विद्यार्थीको पढाईको अवस्था, आर्थिक अवस्था, कक्षामा नियमित हाजिरी तथा अनुशासनलाई आधार बनाइनेछ । साथै, छात्रवृत्तिको लागि लिइने अन्तर्वार्तामा अनिवार्य उपस्थित हुनुपर्नेछ

३) छात्रवृत्तिमा छनौट हुने विद्यार्थी क्याम्पसमा नियमित हाजिरी नभएमा र आन्तरिक/बाह्य परीक्षामा सहभागी नभएमा छात्रवृत्ति रद्द गरिनेछ । साथै, दोहोरो छात्रवृत्ति प्रदान गरिनेछैन

४) भर्ना नभएका विद्यार्थीहरुको दरखास्त फाराम उपर कारवाही हुनेछैन ।

५) छात्रवृत्ति दरखास्त फाराम क्याम्पसको परीक्षा/रजिष्ट्रेशन कक्षबाट प्राप्त गर्न सकिनेछ ।

बोधार्थः
१. छात्रवृत्ति समिति
काभ्रे बहुमुखी क्याम्पस, बनेपा ।
२. स्वतन्त्र विद्यार्थी युनियन
काभ्रे बहुमुखी क्याम्पस, बनेपा ।

  • के.जि. वैदार, क्याम्पस प्रमुख