क्याम्पस विदा सम्बन्धी सूचना

नेपाल सम्वत् ११४१ नयाँ वर्षको उपलक्ष्यमा सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति २०७७ कार्तिक ३० गते औंसी, मंसिर १ गते भाइटिका तथा म्हः पुजा र मंसिर २ गते किजापुजाको उपलक्ष्यमा क्याम्पस बिदा हुने व्यहोरा जानकारी गराइएको छ । क्याम्पस मंसिर ३ गते, बुधबारबाट सञ्चालन हुनेछ ।

साथै हाल सञ्चालन हुँदै आएको कक्षा १२ को अनलाइन कक्षाहरु, मिति २०७७ मंसिर १८ गते विहिबारदेखि सञ्चालन हुने कक्षा ११ को परीक्षाको तयारी गर्नको लागि मिति २०७७ मंसिर ३ गते बुधबारदेखि अर्को सूचना प्रकाशित नभएसम्मको लागि बन्द हुने व्यहोरा जानकारी गराइन्छ ।

-अर्चना हाडा, सहायक क्याम्पस प्रमुख