कक्षा १२ को परीक्षा केन्द्र सम्बन्धी अत्यन्त जरुरी सूचना

उपर्युक्त सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्ड बाट २०७७ साल मंसिरमा सञ्चालन हुने कक्षा १२ को बोर्ड परीक्षामा यस क्याम्पसबाट सहभागी हुने परीक्षार्थीहरुमध्ये आफूलाई पायक पर्ने परीक्षा केन्द्रको रुपमा अन्य विद्यालय उल्लेख गरी फाराम भरेका परीक्षार्थीहरुले समेत यसै क्याम्पसमा परीक्षा दिन पाउने व्यहोरा जानकारी गराइन्छ ।
साथै, अन्य विद्यालयमा परीक्षा दिने परीक्षार्थीहरुले यथाशिघ्र क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहुन सूचित गरिन्छ ।

-अर्चना हाडा, सहायक क्याम्पस प्रमुख