कक्षा १२ को ट्रान्सक्रिप्ट, माइग्रेशन र प्रोभिजनल (TMP) प्रमाण पत्र सम्बन्धमा

उपर्युक्त सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्डको मिति २०७७÷१०÷२३ गतेको पत्र अनुसार कक्षा १२ को ट्रान्सक्रिप्ट, माइग्रेशन र प्रोभिजनल (TMP) प्रमाण पत्र सम्बन्धित विद्यालयहरुलाई उपलब्ध गराउने निर्णय भएको व्यहोरा अवगत हुन आएकोले सम्बन्धित विद्यार्थीहरुले ट्रान्सक्रिप्ट, माइग्रेशन र प्रोभिजनल (TMP) प्रमाण पत्र लिनका लागि राष्ट्रिय परीक्षा बोर्डले तोकेको रु. ११००।– क्याम्पसमा बुझाउनहुन जानकारी गराइएको छ । साथै क्याम्पसमा बुझाउनु पर्ने वक्यौता भएमा सो रकम चुक्ता गरेपछि मात्र प्रमाण पत्र उपलब्ध गराइने व्यहोरा पनि यसै सूचनाबाट जानकारी गराइएको छ ।

-के. जि. वैदार, क्याम्पस प्रमुख