कक्षा ११ र १२ (दिवा समुह) को प्रयोगात्मक परीक्षा स्थगित सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखी नेपाल सरकारबाट सम्पूर्ण शैक्षिक संस्थाहरुको पठन–पाठन तथा परीक्षा समेत स्थगित गर्ने सूचना सार्वजनिक भएकोले यस क्याम्पसबाट २०७७ सालको कक्षा ११ र १२ (दिवा समुह) को वार्षिक परीक्षामा सहभागी हुने विद्यार्थीहरूको प्रयोगात्मक परीक्षा अर्काे सूचना प्रकाशित नहुञ्जेलसम्मको लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

-के.जि. वैदार, क्याम्पस प्रमुख