कक्षा ११ र १२ को वार्षिक परीक्षाका लागि परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी जरुरी सूचना

उपर्युक्त सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्डबाट २०७७ सालमा सञ्चालन हुने कक्षा ११ र १२ को वार्षिक परीक्षामा यस क्याम्पसबाट हुने विद्यार्थीहरुले आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी मिति २०७६ माघ १३ गते सोमबारभित्र परीक्षा आवेदन फाराम भरी क्याम्पस प्रशासनमा बुझाउनु हुन सूचित गरिन्छ । तोकिएको समयभित्र नबुझाएको परीक्षा आवेदन फाराम उपर कुनै कारवाही हुनेछैन ।

परीक्षा फाराम शुल्क: रु. ७००।–

प्रयोगात्मक परीक्षा शुल्क

  • रु. ५००।– (Sociology, RD, Population)
    रु. ६००।– (Mass Communication, Marketing, HPE, Inst. Pedagogy)
    रु. १,०००।– (Computer Science)
    रु. १,६००।– (Computer Engineering) + रु.३५०।– थप (प्रति विषय)
    शिक्षण अभ्यास शुल्क: रु. १,६००।– (कक्षा १२ को शिक्षाशास्त्र संकायका नियमित विद्यार्थीहरुका लागि मात्र)

परीक्षा फाराम भर्ने अन्तिम मितिः २०७६ माघ १३ गते, सोमबार

विशेष सूचनाः

  • रजिष्ट्रेशन नम्बरका शुरुका दुई अंक ७० र ७१ हुने परीक्षार्थीहरुका लागि यो अन्तिम पटकको परीक्षा हुनेछ ।
  • कक्षा ११ को नियमित परीक्षार्थीले रजिष्ट्रेशन कार्डको प्रतिलिपि अनिवार्य बुझाउनुपर्दछ ।
  • कक्षा १२ को नियमित परीक्षार्थीले कक्षा ११ को मार्कसिटको प्रतिलिपि अनिवार्य बुझाउनुपर्दछ ।
  • कक्षा १२ को नियमित विद्यार्थीहरुले कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको लागि एउटै परीक्षा फाराम भर्नुपर्नेछ, तर परीक्षा दस्तुर भने छुट्टाछुट्टै तिर्नुपर्नेछ ।
  • ग्रेडवृद्धि/आंशिक परीक्षार्थीहरुले अघिल्लो पटकको परीक्षाको मार्कसिट प्रतिलिपि अनिवार्य बुझाउनुपर्दछ । ग्रेडवृद्धि गर्न चाहने विद्यार्थीहरुको हकमा C वा सोभन्दा तलको ग्रेड प्राप्त गरेका विषयहरुमा मात्र ग्रेडवृद्धि गर्न पाउनेछ ।
  • नियमित विद्यार्थीहरुले परीक्षा फाराम बुझाउँदा बाँकी शिक्षण शुल्कहरु समेत बुझाउनुपर्नेछ ।

के.जी. वैदार, क्याम्पस प्रमुख