कक्षा ११ को प्रि–बोर्ड परीक्षा स्थगित गरिएको सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मिति २०७६ चैत ५ गतेको निर्णयानुसार यस क्याम्पसमा सञ्चालन भइरहेको कक्षा ११ को प्रि–बोर्ड परीक्षा अन्तर्गतको मिति २०७६ चैत ७ गते र ९ गते सञ्चालन हुने भनिएका विषयहरुको परीक्षा अर्काे सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइएको छ ।

  • अर्चना हाडा (सहायक क्याम्पस प्रमुख तथा परीक्षा समिति प्रमुख)