कक्षा ११ को नतिजा प्रकाशन तथा ग्रेडबृद्धि परीक्षा सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा मिति २०७८ श्रावण १३ गतेदेखि २०७८ श्रावण २४ गतेसम्म यस क्याम्पसले सञ्चालन गरेको कक्षा ११ को परीक्षाको नतिजा प्रकाशन गरिएको व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारी गराइन्छ । नतिजा क्याम्पसको सूचना पाटीमा टाँस गरिएको छ ।

साथै “कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७” को परिच्छेद ५ को ७(ङ) मा भएको व्यवस्था अनुसार कक्षा ११ का सबै विषयमा सैद्धान्तिकतर्फ न्यूनतम डि प्लस (D+) र प्रयोगात्मकतर्फ न्यूनतम सी (C) ग्रेड प्राप्त गरेका विद्यार्थीहरुले मात्र कक्षा १२ को परीक्षा आवेदन फाराम भर्न पाउने भएको हुँदा सैद्धान्तिकतर्फ न्यूनतम डि प्लस (D+) र प्रयोगात्मकतर्फ न्यूनतम सी (C) ग्रेड प्राप्त नगरेका विद्यार्थीहरुको लागि ग्रेडबृद्धि परीक्षा लिइने हुँदा मिति २०७८ साल असोज १ गते शुक्रबारसम्ममा क्याम्पस प्रशासनमा सम्पर्क गरी ग्रेडबृद्धि परीक्षाको फाराम भर्नुहुन सूचित गरिन्छ । ग्रेडबृद्धि परीक्षा तालिका पछि प्रकाशित गरिनेछ ।

ग्रेडबृद्धि परीक्षा फाराम शुल्क : रु. ७००।–

-अर्चना हाडा, सहायक क्याम्पस प्रमुख एवं परीक्षा समिति प्रमुख