कक्षा सञ्चालन नहुने सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा नेपाल पब्लिक क्याम्पस संघ, जिल्ला समिति काभ्रेको सूचना अनुसार हाल अन्तर्राष्ट्रिय रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट केही हदसम्म भएपनि सुरक्षित रहनका लागि भीडभाडयुक्त गतिविधिहरुबाट टाढा रहनुपर्ने भएकोले यही मिति २०७६ चैत ९ गतेदेखि २१ गतेसम्म कक्षा सञ्चालन नहुने व्यहोरा जानकारी गराउँदै कक्षा ११ र १२ को प्रयोगात्मक परीक्षा पूर्वप्रकाशित सूचना अनुसार नै सञ्चालन हुने समेत जानकारी गराउँदछु ।
साथै, अति आवश्यक कार्यको लागि क्याम्पस प्रशासन बिहान ७ः३० बजेदेखि ९ः३० बजेसम्म खुल्नेछ ।

  • के.जि. वैदार, क्याम्पस प्रमुख