कक्षा सञ्चालन नहुने सम्बन्धी सूचना (जनयुद्ध दिवस)

उपर्युक्त सम्बन्धमा बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सूचना अनुसार मिति २०७९ फागुन १ गते सोमबारका दिन जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिएकोले उक्त दिन यस क्याम्पसमा कक्षा सञ्चालन नहुने सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । साथै पूर्व निर्धारित सम्पूर्ण परीक्षाहरु यथावत सञ्चालन हुने व्यहोरा यसै सूचनाबाट जानकारी गराइन्छ ।

-के. जी. वैदार, क्याम्पस प्रमुख