उप–प्राध्यापक पदमा बढुवाको निम्ति आवेदन सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसको शिक्षण सहायक पदमा कार्यरत शिक्षकहरु मध्ये उप–प्राध्यापक पदमा क्याम्पसको शिक्षक तथा कर्मचारीको सेवा, शर्त र सुविधा सम्बन्धी विनियम, २०६८ बमोजिम बढुवा गर्नुपर्ने भएकोले योग्य शिक्षकहरुलाई तोकेको ढाँचामा आवेदन गर्नुहुन सूचित गरिन्छ ।
तपसिल
१) पद ः उप–प्राध्यापक,
२) विषयः १) वित्तशास्त्र, २) बजारशास्त्र, ३) समाजशास्त्र, ४) गणित, ५) सूचना प्रविधि, ६) लेखाशास्त्र, ७) पत्रकारिता, ८) अंग्रेजी
३) संख्या ः केही
४) तोके बमोजिमको श्रेणीमा उतिर्ण भएकोले तोकेको अवधि प्राध्यापन गरेको ।
५) मान्यता प्राप्त विश्वविद्यालय र क्याम्पसबाट अनुसन्धान सम्बन्धी कम्तिमा ५ दिने तालिम लिएको ।
६) आवेदन बुझाउने म्याद ः २०७६ जेष्ठ ३१ गतेसम्म ।

Download Promotion Form

-के.जि. वैदार, क्याम्पस प्रमुख