उपर्युक्त सम्बन्धमा मिति २०७४ पुस १२ गते, बुधबार बिहान ७ः३० बजे क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरुको नियमित बैठक बस्ने भएकोले उक्त दिन क्याम्पसमा कक्षा सञ्चालन नहुने जानकारी गराउँदछु । साथै, यहि मिति २०७४ पुस १३ गते बिहिबारदेखि २०७४ माघ १ गते सोमबारसम्म हिउँदे बिदा हुने व्यहोरा सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरुमा जानकारी गराउँदछु । उक्त हिउँदे बिदाको समयमा पनि क्याम्पस प्रशासन बिहान ७ः३० बजेदेखि १०ः०० बजेसम्म खुल्नेछ ।