कोरियाली भाषा शिक्षण सम्बन्धी सूचना

दक्षिण कोरिया सरकारको दातृ एजेन्सी KOICA को सहयोगमा यस क्याम्पसमा छिट्टै कोरियाली भाषाको कक्षा सञ्चालन हुँदैछ । उक्त भाषा अध्ययन गर्न इच्छुक विद्यार्थीले यही मिति २०७४ भाद्र २५ गतेभित्र क्याम्पस प्रशासनमा नाम दर्ता गराउनुहुन अनुरोध छ ।

  • उक्त भाषा कक्षा उत्तीर्ण गर्ने विद्यार्थीलाई KOICA तथा यस क्याम्पसको नाम उल्लेखित प्रमाणपत्र प्रदान गरिनेछ ।
  • कक्षा कोरियाली प्रशिक्षकबाट सञ्चालन गरिनेछ ।
  • कक्षा निःशुल्क सञ्चालन गरिनेछ । तर रजिष्ट्रेशन शुल्क रु. २००।– लाग्नेछ । रजिष्ट्रेशन शुल्क कक्षा सञ्चालन हुने मिति तोकेपछि कक्षा सञ्चालन हुने मिति अगाडि बुझाउनुपर्नेछ ।