Loading Events

« All Events

  • This event has passed.

THESIS & PROJECT WORK – Chance Exam Form Submission Last Day

July 5, 2019 @ 6:00 am - 9:30 pm

उपर्युक्त सम्बन्धमा त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, वल्खुको सूचना अनुसार समय सिमा नाघेका विद्यार्थीहरुको स्नातकोत्तर तह तर्फको शोधपत्र (THESIS) र तीनवर्षे स्नातक तह तर्फको प्रयोगात्मक (PROJECT WORK) विषयको मौका परीक्षा सञ्चालन हुने भएकोले तोकिएको मितिभित्र परीक्षा फाराम भरी क्याम्पस प्रशासनमा बुझाउनुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ । तोकिएको म्यादभित्र प्राप्त नभएका फाराम र प्रक्रिया पुरा नगरेका परीक्षा फारामहरु स्वीकृत नगरिने समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ ।

परीक्षा फाराम भर्ने अन्तिम मिति: २०७६ असार २० गते, शुक्रबार
परीक्षा फाराम शुल्क: रु. १,०००।– (स्नातकोत्तर तह)
प्रोजेक्ट वर्क शुल्क: रु. ३,०००।–
शोधपत्र / मौखिक परीक्षा शुल्क: रु. १५,५००।– (शोधपत्र प्रस्ताव शु्ल्क सहित)

विशेष सूचनाः–

  • वि.सं. २०५८ साल वा सोभन्दा पछाडि भर्ना भएका त्रिविबाट सञ्चालित वार्षिक प्रणाली अन्तर्गत सम्पूर्ण सैद्धान्तिक परीक्षा उत्तीर्ण गरी स्नातकोत्तर तह तर्फ शोधपत्र तथा तीनवर्षे स्नातक तहतर्फ प्रोजेक्ट वर्क बुझाउन बाँकी रहेका विद्यार्थीहरु यस परीक्षामा सहभागी हुन पाउनेछन् ।
  • स्नातकोत्तर तह तर्फ शोधपत्रको मौखिक परीक्षा श्रावण मसान्तभित्र सम्पन्न हुनेछ ।
  • परीक्षा आवेदन फारम भर्नको लागि हालसालै खिचेको (साधारण पोशाकमा) पासपोर्ट साइजको २ प्रति फोटो आवश्यक पर्नेछ ।
  • परीक्षा आवेदन फाराम परीक्षार्थी स्वयम्ले आवश्यक सम्पूर्ण विवरणहरु स्पष्ट रुपमा बुझिने गरी भर्नुपर्नेछ । यसमा अन्यथा भई पछि कुनै समस्या भएमा क्याम्पस जिम्मेवार हुनेछैन ।

– के.जि. वैदार, क्याम्पस प्रमुख

Venue

Kabhre Multiple Campus, Banepa
Budol
Banepa, 3 Nepal
+ Google Map
Phone
+977-11-661133
View Venue Website

Leave Comment

Your email address will not be published. Required fields are marked *