Loading Events

« All Events

  • This event has passed.

MA (Soc) 1st Sem 2019 – Exam Form Submission Last Day

July 11, 2019 @ 6:00 am - 9:30 pm

उपर्युक्त सम्बन्धमा त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र संकाय, डीनको कार्यालयद्वारा २०७६ साल भाद्र महिनाको दोस्रो सातादेखि सञ्चालन हुने स्नातकोत्तर तह MA (Sociology) First Semester  को नियमित/आंशिक परीक्षाका लागि यस क्याम्पसबाट सहभागी हुने विद्यार्थीहरुले तोकिएको सबै प्रक्रिया पूरा गरी निम्न मितिसम्मा परीक्षा आवेदन फाराम भरी क्याम्पस प्रशासनमा बुझाउनुहुन सूचित गरिन्छ । तोकिएको म्यादभित्र प्राप्त नभएका र प्रक्रिया पूरा नगरेका परीक्षा फारामहरु स्वीकार नगरिने समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ ।

परीक्षा फाराम भर्ने अन्तिम मिति: २०७६ असार २६ गते, बुधबार
नियमित परीक्षा शुल्क: रु. २,०००।–
त्रि.वि. सेवा शुल्क: रु. ५००।–

विशेष सूचनाः–

  • आंशिक परीक्षार्थीहरुले प्रथम शत्रको अघिल्लो पटक दिएको परीक्षाको Gradesheet को प्रतिलिपि अनिवार्य रुापमा परीक्षा फारामसँगै संलग्न गर्नुपर्नेछ ।
  • परीक्षा फाराममा त्रि.वि. दर्ता नम्बर अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ ।
  • परीक्षा आवेदन फारम भर्नको लागि हालसालै खिचेको (साधारण पोशाकमा) पासपोर्ट साइजको २ प्रति फोटो आवश्यक पर्नेछ ।
  • परीक्षा आवेदन फाराम परीक्षार्थी स्वयम्ले आवश्यक सम्पूर्ण विवरणहरु स्पष्ट रुपमा बुझिने गरी भर्नुपर्नेछ । यसमा अन्यथा भई पछि कुनै समस्या भएमा क्याम्पस जिम्मेवार हुनेछैन ।
  • नियमित विद्यार्थीहरुले बाँकी सम्पूर्ण शिक्षण शुल्क समेत बुझाउनुपर्नेछ ।

– के.जि. वैदार, क्याम्पस प्रमुख

Venue

Kabhre Multiple Campus, Banepa
Budol
Banepa, 3 Nepal
+ Google Map
Phone
+977-11-661133
View Venue Website

Leave Comment

Your email address will not be published. Required fields are marked *