BICTE Third Semester 2076 को परीक्षा फाराम भर्ने म्याद थप सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय, परीक्षा नियन्त्रण महाशाखाद्वारा सञ्चालन हुने BICTE Third Semester को परीक्षाका लागि यस क्याम्पसबाट सहभागी हुने नियमित तथा आंशिक विद्यार्थीहरुले तोकिएको सबै प्रक्रिया पूरा गरी मिति २०७६ असार ६ गते शुक्रबारसम्मका लागि म्याद थप गरिएकोले उक्त मितिभित्र परीक्षा आवेदन फाराम भरी क्याम्पस प्रशासनमा बुझाउनुहुन सूचित गरिन्छ ।

परीक्षा फाराम भर्ने 
अन्तिम मिति: २०७६ असार ६ गते, शुक्रबार
परीक्षा शुल्क: रु. ३,०००।–
त्रि.वि. सेवा शुल्क: रू. ४००।– (नियमित विद्यार्थीहरुलाई मात्र, वर्षको एकपटक त्रि.वि.मा बुझाउनुपर्ने)

विशेष सूचनाः
1. परीक्षा फाराममा त्रिवि रजिष्ट्रेशन नम्बर अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ ।
2. प्रथम सेमेष्टर प्रथम पटक दिएको सिम्बोल नं. परीक्षा आवेदन फारामको शीर्षस्थानमा अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ ।
3. परीक्षा फाराम विद्यार्थी स्वयम्ले भरि बुझाउनुपर्नेछ । यसमा अन्यथा हुन गएमा क्याम्पस प्रशासन जवाफदेही हुनेछैन ।
4. परीक्षा आवेदन फाराम भर्न हालसालै खिचेको पासपोर्ट साइजको २ प्रति फोटो आवश्यक पर्नेछ ।
5. नियमित परीक्षार्थीहरुले बाँकी सम्पूर्ण शिक्षण शुल्क अनिवार्य बुझाउनुपर्नेछ ।

  • के. जि. वैदार, क्याम्पस प्रमुख
Click here to visit website..
20
  • BBS (Bachelor in Business Studies) - 4 Years
  • BA (Bachelor in Arts) - 3 Years
  • BICTE (Bachelor in Information & Communication Technology Education) - 9 Semester
  • 10+2 (Management, Humanities & Education)
  • MBS (Master in Business Studies) - 4 Semester
  • MA (Master in Arts) - Sociology - 4 Semester
toggle